Logo

भाषण सुन्दासुन्दै निदाए बाइडेन, पूर्वराष्ट्रपति ट्रम्पले उडाए मजाक



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन स्कटल्यान्टको ग्लास्गोमा चलिहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२६) मा भाषण सुन्दासुन्दै निदाएका छन्। सोमबार अपांगता सम्बन्धी विशेषज्ञ एडी न्डोपुले जलवायु जगेर्नाका लागि काम गर्नुपर्ने सन्देश सुनाइरहेका बेला बाइडेन निदाएका हुन्।

उनका एक सहयोगीले कुरा गर्न आएपछि उनले आफू निदाइरहेको चाल पाएको समाचार एजेन्सीहरुले जनाए ।

राष्ट्रपति बाइडेनको यो भिडियो बाहिरिएपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्पले उनको मजाक उडाएका छन् । ट्रम्पले उत्साह नै नभएको भन्दै बाइडेनको आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्