Logo

प्रदेश १ को मुख्यमन्त्रीमा सपथग्रहण गर्दै राजेन्द्र राई



Spread the love

१६ कात्तिक, विराटनगर । एमाले नेता भीम आचार्यले सोमबार मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्। राईलाई मंगलबार दिउँसो मुख्यमन्त्री पदको सपथ गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ।

पाँचदलीय गठबन्धनका बहुमत सदस्यहरुले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्दै सोमबार साँझ प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीसमक्ष हस्ताक्षर बुझाएका थिए।

यस्तै, आज २ बजेलाई प्रदेश प्रमुखको कार्यालयले सपथ खुवाउने कार्यक्रम तय भएपछि प्रदेश १ मा आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गठबन्धनका दलहरुले गरेका छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट मूलधारको राजनीतिमा प्रवेश गरेका राजेन्द्र राई एमालेको तर्फबाट भोजपुर क्षेत्र नम्बर क बाट प्रदेश सभामा निर्वाचित सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्