Logo

प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राई नियुक्त, मुख्यमन्त्रीसहित ४ जनाले सपथ लिँदै



Spread the love

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

राईलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले आजै मुख्यमन्त्री राईलाई सपथ खुवाउने तयारी गरेको छ। मंगलबार मुख्यमन्त्री राईसँगै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट एकजना मन्त्रीले सपथ खाने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्