Logo

खुमलटारलाई हराउँदै मेयर कप भेट्रान्सको उपाधि झापालाई



Spread the love

१६ कात्तिक, काठमाडौँ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापाले हात पारेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनलमा खुमलटार भेट्रान्स क्लवलाई २- १ ले हराउँदै झापाले उपाधि जित्न सफल भएको हो ।

खेलको २७ औं मिनेटमा नरेन्द्रले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । तर ३९ औं मिनेटमा श्याम कुमार गोलेले गोल गर्दै खेल एक एक गोलको बराबरीमा पुर्याए । खेलको इन्जुरी समयमा गोलले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित पक्का गरे।

खेलको इन्जुरी समयमा झापाका सन्तोष् बस्नेत रातोकार्ड पाउँदै मैदानबाट बाहिरीएका थिए ।

उपाधिसँगै झापाले ५ लाख रुपैयाँ र उपविजेता खुमलटारले दुई लाख ५० हजार हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्