Logo

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा शपथ ग्रहण, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त



Spread the love

१६ कात्तिक, विराटनगर । प्रदेश न १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीले उनलाई शपथ ग्रहण गराएका हुन्।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यस्तै, मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्