Logo

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण



Spread the love

१७ कार्तिक, कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष शपथ ग्रहण गरेका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका छ, नेकपा (माओवादी केन्द्र) का १२ र नेकपा (एकीकृत समाजवादी) को तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा मंगलबार दिउँसो ४ः०० बजे मुख्यमन्त्रीमा नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष दाबी पेस गरेका थिए । आज साँझ ७ः३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेशसभामा यस्तो छ हिसाब किताब

कर्णाली प्रदेशसभामा हाल ३५ सदस्य छन् । सत्ता गठबन्धन दलमध्ये कांग्रेसका छ, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का तीन प्रदेशसभा सदस्य गरी २१ जना छन् । प्रदेशसभामा नेकपा एमालेका भने सभामुखसहित १३ र राप्रपाका एक सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्