Logo

टी–२० विश्वकप – एक खेल अगावै सेमिफाइनलमा पाकिस्तान



Spread the love

एजेन्सी । पाकिस्तान आईसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। मंगलबार राती नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ५ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहम्मद रिजवान र बाबर आजमले शानदार ब्याटिङ गरे। रिजवानले अविजित ७९ रन जोडे भने आजमले ७० रनको पारी खेले।

चार खेल चार जीत हासिल गर्दै पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ । पाकिस्तानले समूह चरणको अन्तिम खेलमा आइतबार स्कटल्याण्डको सामना गर्नेछ । प्रतियोगिताबाट बाहिरिएको नामिबियाले न्युजिल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्