Logo

आज पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै प्रदर्शन जारी



Spread the love

१७ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीले प्रदर्शन गरिरहेका छन्।

नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा कालोपट्टि बाँधेर प्रदर्शन गरेका हुन्।

बारले दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियो। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्