Logo

टी २० विश्वकप – भारत भर्सेस अफगानिस्तान, जित्नै पर्नै दबाबमा भारत



Spread the love

एजेन्सी । टी २० विश्वकप अन्तर्गत आज दुईवटा खेल हुँदैछ। पहिलो खेलमा समूह बी मा रहेका न्युजिल्याण्ड र स्कटल्याण्ड दुबईमा दिउँसो पौने ४ बजे आमनेसामने हुदैँछ।

सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका लागि यो खेल महत्त्वपूर्ण छ भने स्कटल्याण्ड प्रतियोगितामा पहिलो जित निकाल्ने रणनीतिमा हुनेछ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा भारत र अफगानिस्तान बेलुका पौने आठ बजे आबुधाबीमा भिड्दैछ। भारत पनि सेमिफाइनल पुग्ने झिनो सम्भावना कायम राख्न आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाबमा छ ।

प्रतिक्रिया दिनुहोस्