Logo

कार्यबाहक प्रधानमन्त्री खाँणले गरे सुदूरपश्चिममा डुबान क्षेत्रको निरीक्षण



Spread the love

१७ कात्तिक, काठमाडौँ। कार्यबाहक प्रधानमन्त्रीको कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन् । बुधवार उनी सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा बैतडी आएका हुन् ।

निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले मद्दत गर्ने स्थानीयलाई आश्वासन दिए ।

यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्