Logo

नेपाललाई चीन सरकारले दियो थप १६ लाख खोप



Spread the love

१७ कात्तिक, काठमाडौं । नेपाललाई चीनले १६ लाख डोज कोरोना खोप सहयोग गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई साइनोफार्म खोप हस्तान्तरण गरेकी हुन्।

राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्नेसमेत जनाएकी छन्। उक्त खोप डिसेम्बर ५ मा आइपुग्ने उनले बताएकी छन्।

चीनबाट हालसम्म ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस्