Logo

अधिवक्ताद्वय रेग्मी र मिश्रको रिट पठाइयो संवैधानिक इजलासमा



Spread the love

१७ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीशलाई अलग गराउन नमिल्ने भन्दै परेको रिटलाई संवैधानिक इजलासमा पठाएका छन्। अधिवक्ताद्वय गणेश रेग्मी र दीपकविक्रम मिश्रले दायर गरेको रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाएका हुन्।

आफ्नो रिटलाई संवैधानिक इजलासमा पठाई पाऊँ भन्दै दीपकविक्रम मिश्रले पूरक निवेदन हालेपछि त्यसमाथि कारवाही गर्दै जबराले संवैधानिक इजलासमा पठाउने निर्णय गरेको स्रोतले जनायो ।

यसअघि बार-बेञ्च समन्वय समिति बैठकमा जबराले संवैधानिक इजलाससम्बन्धी रिट संवैधानिक इजलासमै पठाउने सहमति जनाए पनि त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गर्दै डिभिजनल बेञ्चमा नै पेशी तोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्