Logo

अनुसन्धानका सारथी कुकुरको पूजा



Spread the love

१७ कार्तिक, काठमाडाैँ । यमपञ्चकको दोस्रो दिन आज अनुसन्धानको सारथी कुकुरको पूजा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका ‘केनाइन’ शाखामा रहेका कुकुरलाई पूजासहित मीठा परिकार खुवाइएको हो ।

प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख नायब महानिरीक्षक दिवेश लोहनीसहितको उपस्थिति रहेको पूजा कार्यक्रममा अनुसन्धानमा प्रयोग हुने कुकुरको पूजा गरिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विश्वकर्माले जानकारी दिए । कुकुर कुशल आज्ञापालक एवं रक्षकका साथै अपराधमा संलग्न व्यक्तिको पहिचान गर्ने र अध्ययन अनुसन्धानमा अहम् भूमिका निर्वाह गर्ने जनावर भएको कुकुर शाखा इञ्चार्ज प्रहरी नायब निरीक्षक विक्रमकुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्