Logo

प्रिमियर लिग – वेस्टह्यामले लगायो लिभरपुलको अपराजित यात्रामा पूर्णविराम



Spread the love

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लिभरपुल वेस्ट ह्यामसँग स्तब्ध बनेको छ। घरेलु मैदानमा वेष्ट ह्यामले गएराति लिभरपुललाई ३–२ को अन्तरले पराजित गरेको हो ।

गोलकिपर एलिसनले आत्मघाती गोल गरेपछि लिभरपुल खेलको सुरुवातमा नै पछि परेको थियो । तर पहिलो हाफको अन्त्यतिर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा फोर्नाल्सले वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए । सात मिनेटपछि नै कर्ट जोउमाले वेस्ट ह्यामको अग्रता फराकिलो बनाए ।

११ खेलपछि लिभरपुलको २२ अङ्क छ भने वेस्ट ह्यामको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगै २३ अङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्