Logo

दाङमा जिप दुर्घटना हुदाँ एकको मृत्यु, १९ जना घाइते



Spread the love

२२ कात्तिक, सल्यान । सल्यान र दाङको सिमानामा सोमबार बिहान जीप दुर्घटना भएको छ। सल्यानबाट तुलसीपुर जाँदै गरेको मे १ ज ५२२ नम्बरको जिप सल्यान र दाङको सिमानामा दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर रहेको छ ।

तीव्र गतिका कारण जिप अनियन्त्रित हुँदा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी गराएको छ । जीप सडकदेखि ५० मिटर तल खसेको छ । जीपमा २१ जना सवार थिए भने जीप चालक डम्मर खत्री फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्