Logo

चिनियाँ जनमुक्ति सेनाले दियो नेपाली सेनालाई तीन लाख खोप



Spread the love

२२ कात्तिक, काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज सोमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन्।

जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले सहयोगका लागि मित्र राष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्