Logo

सामान किन्न निस्केकी बालिकाको घाँटी रेटी हत्या



Spread the love

२२ कात्तिक, सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका–१ ढापखर्कमा ७ बर्षीया बालिकाको घाँटी रेटी हत्या भएको छ । आइतवार विहान घरबाट केहि पर रहेको खरबारीमा घाँटी रेटिएको अवस्थामा आज विहान साढे १० बजे फेला परेको हो ।

आइतवार विहान घरबाट नजिकैको पसलमा सामान किन्न निस्केकी बालिका घर नफर्केपछि बालिकाका बुवा गगनबहादुर सुनारले प्रहरीमा खोजी दिन उजुरी दिएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्