Logo

देशभर थपिए ३९० कोरोना संक्रमित, ४२५ जना निको भए



Spread the love

२२ कात्तिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा संक्रमण पुष्टि भएको छ। ५ हजार २६ जना मध्य २ हजार ६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।

४२५ जना निको समेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, काठमाडौंमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्