Logo

काजकिस्तान र फिनल्याण्डविरुद्धको विश्वकप छनोट खेल गुमाउने पोग्बाले



Spread the love

एजेन्सी। विश्वकप छनोट खेल अन्तर्गत मिडफिल्डर पाउल पोग्बाले काजकिस्तान र फिनल्याण्डविरुद्धको खेल गुमाउने भएका छन्। थाइमा चोट बोकेका कारण पोग्बाले फ्रान्सको विश्वकप छनोट खेल गुमाएका हुन् ।

उनले सोमबार अभ्यासका क्रममा चोट बोकेका थिए । फ्रान्सले शनिबार काजकिस्तान र नोभेम्बर १६ मा फिनल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

फ्रान्सको विश्वकप छनोट टोलीमा पोग्बाको स्थानमा एएस रोमाका जोर्डन भेरेटाउटलाई समावेश गरिएको छ ।

फ्रान्स छ खेलबाट १२ अंकसहित आफ्नो छनोट समूह डीको शीर्ष स्थानमा छ र काजाकिस्तानविरुद्धको जितले अर्को वर्ष हुने विश्वकपको फाइनलमा स्थान पक्का गर्नेछ।

प्रतिक्रिया दिनुहोस्