Logo

मोरङ कारागारमा झडप हुदाँ ६ जना कैदीबन्दी घाइते



Spread the love

२३ कात्तिक, विराटनगर । जिल्ला कारागार मोरङमा झडप हुदाँ ६ जना घाइते भएका छन्। मंगलबार बिहान कारागारका कैदीबन्दीहरुले चौकीदार नाइकेविरुद्ध आन्दोलन गरेपछि झडप भएको हो।

कैदीबन्दीहरुले चौकीदार किरण गुरुङले शोषण गरेको भन्दै उनीसहित सहित १४ जनालाई एउटा कोठामा थुनिदिएका थिए। गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति भएको बताइएको छ ।

घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्