Logo

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४८४ निको भए



Spread the love

२३ कात्तिक, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ हजार ७३६ जना मध्य १४ हजार ९१८ जनाको पिसिआर परीक्षण र १८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३५ पुगेको छ। ४८४ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, काठमाडौंमा ११८, ललितपुरमा ३८ र भक्तपुरमा १३ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्