Logo

बिक्की अग्रवालकी आमा दुर्गा मगरको मृत्यु



Spread the love

२४ कार्तिक, काठमाडाैँ । चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’का फर्स्ट रनरअप बिक्की अग्रवालकी आमाको मृत्यु भएको छ । सिक्किम निवासी अग्रवालकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंको चाहविलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार दिउँसो आमालाई कोठामा छाडेर बाहिर काम विशेषले निस्केका अग्रवाल बेलुकी फर्किँदा आमालाई अचेत अवस्थामा फेला पारेपछि बिक्कीले अस्पताल पुर्याएका थिए । त्यसपछि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्