Logo

सूर्यको आराधना गरी छठ मनाइँदै



Spread the love

२४ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज अन्न बालीसहित सूर्यको आराधना गरी मनाइँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।

आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ ।

सुख, समृद्धि, गरिब–धनी, निःसन्तान, रोगबाट मुक्त तथा छुवाछुत मुक्त समाज निर्माणको आधारका रुपमा पनि यो पर्वलाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्