Logo

आइतबारदेखि फाइजर खोप लगाइँदै, कहाँ–कहाँबाट लगाइँदै छ ?



Spread the love

२४ कात्तिक, काठमाडौँ । सरकारले कात्तिक २८ गतेदेखि फाइजर खोपको पहिलो डोज वितरण गर्दैछ । देशभरका सरकारी अस्पतालहरूबाट एक लाख ६ सय २० डोज खोप सरकारले लगाउने तयारी गरेको हो।

उपत्यकाबाहिर १५ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ। उपत्यकाभित्र वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, धुलिखेल, पाटन, सिभिल अस्पतालबाट खोप लगाइनेछ।

यसअघि खोप लगाउन छुटेका १२ वर्षमाथिका र दीर्घरोगीहरूलाई फाइजर खोप लगाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्