Logo

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रतिसिलिण्डर ७५ रूपैयाँले बढ्यो



Spread the love

२५ कार्तिक, काठमाडाैँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातदेखि लागू हुनेगरी निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको हो ।

अबको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३६ रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य ११९ रूपैयाँ कायम भएको छ ।

त्यसैगरी, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि वृद्धि गरेको छ । अब ग्यास प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

निगमले यसअघि गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्