Logo

टी–२० विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्याण्ड



Spread the love

एजेन्सी। इङ्लाइण्डलाई हराउँदै न्युजिल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अबुधाबीमा गएराति भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले पराजित न्युजिल्याण्ड फाइनल पुगेको हो ।

इङ्ग्ल्याण्डले दिएको १६७ रनको विजयी लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्यान्डको जितमा डेरिल मिचेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान दिए ।

इङ्ग्ल्यान्डका क्रिस वोक्स र लिम लिभिङस्टोनले समान २ तथा आदिल राशिदले १ विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्