Logo

नेपाली बजारमा ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?



Spread the love

२५ कात्तिक, काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १३०० ले बढेर ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्