Logo

विश्वकै धनी व्यक्ति इलोन मस्कले बेचे टेस्लाको शेयर



Spread the love

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले टेस्लाको पाँच अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका छन्। ट्विटरमा आफ्ना छ करोड ३० लाख फलोअरसँग टेस्लाको १० प्रतिशत शेयर बेच्ने विषयमा गरेको सर्वेक्षणको परिणामलाई मान्दै उनले बेचेका हुन्।

उनले शेअर बेच्नुपर्नेमा धेरैले मत दिएको दुई दिनमा टेस्लाको शेअर मूल्य १६ प्रतिशतले घटेको थियो। बुधवार भने शेअर मूल्यमा केही सुधार भएको थियो।

उनले सन् २०१६ यता पहिलो पटक शेअर बेचेका हुन्। यसअगि उनले ६० करोड अमेरिकी डलर कर तिर्न केही शेअर बेचेका थिए।

उनको कुल सम्पत्ति दुई खर्ब ८० अर्ब अमेरिकी डलर बराबर छ।

प्रतिक्रिया दिनुहोस्