Logo

टी–२० विश्वकप – फाइनल प्रवेशका लागि पाकिस्तानलाई अस्ट्रेलियाको चुनौति



Spread the love

एजेन्सी । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानले अस्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ। फाइनल प्रवेशका लागि पाकिस्तान र अष्ट्रेलिया अबुधाबीमा नेपाली समय अनुसार साँझ पौने ८ बजे भिड्दै छ।

समूह चरणका पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको पाकिस्तान उच्च मनोबलमा रहेको छ। अस्ट्रेलिया लयमा रहेको पाकिस्तानलाई ‘ब्रेक’ लगाउँदै फाइनल यात्रा तय गर्न चाहन्छ।

लयमा रहेको पाकिस्तान बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई पराजित गर्दै तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ।

आजको विजेताले आइतबार फाइनलमा न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्