Logo

चीनबाट थप १० लाख भेरोसेल खोप नेपाल आइपुग्यो



Spread the love

२५ कात्तिक, काठमाडौं । चीनबाट थप १० लाख ५८ हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले ‘कस्ट सेयरिङ’मार्फत किनेको १० लाख ५८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आज नेपाल ल्याइएको हो ।

बिहीबार बिहान चिनियाँ कार्गो विमानमार्फत उक्त खोप परिमाणको काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्