Logo

ए डिभिजन लिग फेरी सर्यो, अब कहिलेदेखि सुरु हुन्छ ?



Spread the love

२५ कात्तिक, काठमाडौँ । कात्तिक २९ गतेदेखि हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मिति सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग अब मंसिर ३ गतेबाट मात्र सुरु हुने जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ।

प्रतियोगिताका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल स्टेडियममा हुने एन्फाले जनाएको छ। त्यस्तै केही खेलहरु पोखरा रंगशालामा लैजान पनि एन्फा सकारात्मक भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्