Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग



Spread the love

२६ कार्तिक, काठमाडाैँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भर्खरै गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएर जनतालाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । “ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले जनतालाई राहत दिने समयमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै उक्त मूल्यवृद्धिप्रति सरकारले हस्तक्षेप गरी उक्त निर्णय खारेज गर्नुपर्ने बताए । नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न माग गरेको छ । मूल्यवृद्धि खारेज नगरे नेविसङ्घले कडा आन्दोलन गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्