Logo

विश्वकप छनोट -बराबरीमा रोकियो पोर्चुगल , स्पेनको कठिन जित



Spread the love

एजेन्सी। विश्वकप २०२२ छनोट प्रतियोगितामा पोर्चुगलले आयरल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

पोर्चुगल १० खेलाडीमा सीमित बनेको थियो । पेपेले ८२औँ मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि पोर्चुगलले बाँकी समय १० खेलाडीमा समेटिएको हो ।

योसँगै पोर्चुगललाई अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि आइतबार राति सर्बियाविरुद्धको खेल निर्णायक बन्नेछ ।

यस्तै, पाब्लो सराबियाको निर्णायक गोलमा स्पेनले कतार विश्वकप तथा युरोपियन छनोट खेलमा कठिन जित हात पारेको छ । बिहीबार राति भएको समूह ‘बी’को खेलमा स्पेनले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

२६औं मिनेटमा पाब्लो सराबियाले गरेको निर्णायक पेनाल्टी गोलको मद्दतले स्पेनले महत्वपूर्ण ३ अंक हासिल गरेको हो ।

त्यस्तै, गए राति सम्पन्न खेलमा क्रोएसिया र रुस दुवैले फराकिलो जित हासिल गरेसँगै अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि आइतबार निर्णायक भिडन्त गर्ने भएका छन् ।

युरोपियन छनोट प्रतियोगिताको समूह ‘एच’मा रहेको रुसले साइप्रसमाथि ६–० को विजय हासिल गर्दा क्रोसियाले माल्टालाई ७–१ ले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्