Logo

वैकल्पिक बाटोबाट सर्वोच्च पुगेका प्रधानन्यायाधीश जबराले तोके १५ इजलास



Spread the love

२६ कात्तिक, काठमाडौँ । कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । धर्ना छल्दै विहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन्। उनले आफूलाई भने इजलास तोकेका छैनन्।

आज राणाले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका हुन्।

जबराको राजिनामा माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्