Logo

म्यान्मारमा अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल



Spread the love

एजेन्सी । म्यान्मारको एउटा सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ।

फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त अदालतले गरेको छ।

केही दिनअघि उनीविरुद्ध सैन्य सरकारले राजद्रोह र आतङ्कवादका अन्य दुई अभियोग लगाएको थियो।

सैँतीस वर्षीय फेन्स्टर फ्रन्टीअर म्यान्मार अनलाइन साइटका प्रबन्ध सम्पादक थिए। उनलाई गत मे महिनामा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्