Logo

प्रकाशमान सिंहले छाडे पौडेल समूह, नयाँ प्यानल बनाउने तयारीमा



Spread the love

२६ कात्तिक, काठमाडौँ । पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको साथ छाडेका छन् । उनी पौडेल समूहबाट बाहिरिएसँगै नयाँ प्यानल बनाएर पार्टी सभापतिमा उठ्ने तयारीमा जुटेका छन् ।

साथै, उनी नेता रामचन्द्र पौडेलले आज बोलाएको भेलामा उपस्थित नहुने भएका हुन् । बैठक बसुन्धरास्थित दियालो फुडल्यान्डमा शुक्रबार दिउँसो २ बजे बस्नेछ।

सिंहले साथ छोडेसँगै अब पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने सम्भावना समेत सकिएको छ । अघिल्लो १३ औं महाधिवेशनमा पौडेलले सभापतिमा लड्दा सिंह प्रस्तावक रहेका थिए, यसपालि भने यी दुई नेताबीचको दूरी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्