Logo

एमाले महाधिवेशनको लोगो – एक सिंगे गैंडाको हातमा कम्युनिस्ट पार्टीको झण्डा



Spread the love

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज ‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा लोपोन्मुख वन्यजन्तु गैंडालाई पनि फिचर गरिएको छ। लोगोमा गैंडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको देखाइएको छ।

महाधिवेशनको उद्घाटन नारायणी नदी किनार तथा बन्दसत्र सौराहामा हुनेछ। महाधिवेशनमा एमालेले कपडाको ब्यानर तथा कागजको पर्चाको प्रयोग नगर्नेसमेत भएको छ।

एमालेले मंसिर १०, ११ र १२ गते चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्दै छ। महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्