Logo

प्युठानमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



Spread the love

२७ कार्तिक, प्यठान । प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्वर २ ददेरी निवासी ११ वर्षीय सुदिप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले गुल्मी अपडेटलाई बताए ।


पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नंवरको मोटरसाईलकलले शनिबार दिउँसो ददेरीमा ठक्कर दिएको थियो। जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी बस्ने एकजनालाई भने प्रहरीले तत्काललै नियन्त्रणमा लिएको थियो भने फरार भएका मोटरसाईकल चालक नरेश भण्डारीलाई दाङबाट पक्राउ गरिएको र अनुसन्धान अगाडी बढाईएको प्युठानका प्रहरीले जनाएको छ । घटनापछी आक्रोशित मृतकका आफन्त र स्थानीयले सडकमै शव राखेर अहिले दर्भान भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।

प्रतिक्रिया दिनुहोस्