Logo

भारतमा ३ प्रहरी निरीक्षक पुरस्कृत



Spread the love

२७ कार्तिक, काठमाडाैँ । भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आइपिएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।

सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरूलाई फरकफरक तीन सम्मान प्रदान गरिएको जनाइएको छ ।

उक्त दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनिहरूलाई पुरस्कार प्रदान गरेका थिए । दीक्षान्त समारोहमा नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो । उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षक किरण रावत, अनिल थापा, सुवास खतिवडा, होमनाथ रेग्मी र सिमोन धिताल गरी ५ प्रहरी अधिकृतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्