Logo

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान



Spread the love

२८ कात्तिक, काठमाडौँ । टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । आइतबार बिहान नेपाली टोली कतार प्रस्थान गरेको हो ।

२२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कार्तिक ३०, मंसिर १ र २ गते कतारसँग तीन टि–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

त्यसपछि नेपाली टोली मंसिर ३ मा युएई जानेछ । एसिया छनोट मंसिर ६ देखि १२ सम्म हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्