Logo

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कति पुग्यो ?



Spread the love

२८ कात्तिक, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज दुई सयले बढेर सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै , चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्