Logo

अष्ट्रेलिया भर्सेस न्युजिल्यान्ड, पहिलो पटक दबैको लक्ष्य उपाधि



Spread the love

एजेन्सी । आइसिसी टि २० विश्वकपको फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ बाट सुरु हुनेछ ।

न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगको हो भने अस्ट्रेलिया २०१० को उपविजेता हो । दुवै टोली पहिलो पटक टी-२० विश्वकप जित्ने रणनीतिका साथ मैदान उत्रदैछ ।

सेमिफाइनलमा दुबै टोलीले बलिया प्रतिद्धन्द्धीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा पुगेको हो ।

न्युजिल्याण्डका चोटिल डेभोन कोन्वेको स्थानमा सेइफर्ट उत्रने सम्भावना छ। न्युजिल्याण्डको टिम पूर्णत सन्तुलित देखिन्छ। भलै कप्तान केन विलियमसनको फर्म केही चिन्ताको रुपमा देखिएको छ। त्यस्तै अस्ट्रेलियाको टिम पनि सन्तुलित देखिएको छ। प्रतियोगिता अघिको अवस्था हेर्ने हो भने अस्ट्रेलियन टिमका वार्नर र फिन्स फर्ममा थिएनन्।

प्रतिक्रिया दिनुहोस्