Logo

सर्वोच्च बाहिर प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन



Spread the love

२८ कात्तिक, काठमाडौँ । नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले सर्वोच्च अदालतको मुख्य गेटभित्र धर्ना दिइरहेका बेला गेटबाहिर भने एउटा समूहले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्षमा प्रदर्शन गरेका छन् । सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा केही युवाहरूले मोटरसाइकल र्‍याली निकालेका हुन्।

आम नागरिकको न्यायको अधिकार रोक्न पाइदैन भन्दै सर्वोच्च बाहिर केहि युवा तथा कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । नाराबाजी गरिरहेको बेला प्रहरीले उनीहरुलाई हिरासतमा लिएको थियो ।

नेपाल बार एसोसिएसनका महाचसिव लीलामणि पौडेलले आफूहरुको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग भएको आरोप लगाएका छन् ।

मूल गेटमा अवरोध गरेपछि प्रधानन्यायाधीश राणा आज पनि अर्कै गेटबाट अदालत प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्