Logo

भूपेन्द्र बडुवाल हत्या प्रकरण – थप एकजना पक्राउ



Spread the love

२८ कात्तिक, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।

गएको मंगलबार राति भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । यसअघि नै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्