Logo

मुस्ताङमा हिम पहिरो जादाँ ९ विद्यार्थी घाइते



Spread the love
तस्बिर – ईश्वर शर्मा

२८ कात्तिक, मुस्ताङ । मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा हिमपहिरो गएको छ। बिहान पौने १२ बजेतिर मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो ।

हिमपहिरो आएपछि भाग्ने क्रममा कोबाङमा रहेको जनहित माविका ९ विद्यार्थी सामान्य घाइते भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार याङदान खर्कमा चौरी गोठ भएका कारण त्यसमा क्षति भएको आशंका गरिएको छ तर यकिन भएको छैन। हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्