Logo

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५



Spread the love

२८ कात्तिक, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८ पीसीआर परीक्षण गर्दामा २९१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्