Logo

विश्वकपमा छनोट भयो स्पेन, रोनाल्डोको पोर्चुगलले प्लेअफ खेल्नुपर्ने



Spread the love

एजेन्सी। स्पेनले आइतबार राती स्विडेनलाई १–० ले हराउँदै फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेको छ । स्पेनको जितमा ५९औं मिनेटमा पाब्लो सरबियाको स्थान मैदान छिरेका मोराटाले ८६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै स्पेनले समूह ‘बी’ को शीर्ष स्थानमा रहेर अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गर्यो ।

यस्तै, विश्वकप छनोट प्रतियोगितामा रोनाल्डोको टिम पोर्चुगल घरेलु मैदानमा सर्बियासँग २–१ ले स्तब्ध भयो । १–० ले पछि परेको स्थितिबाट पुनरागमन गरेको सर्बियाका एलेक्जेन्डर मित्रोभिचले ९०औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । योसँगै सर्बियाले अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको छ ।

रोनाल्डोको पोर्चुगलले भने अब प्लेअफका यात्रा तय गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्