Logo

टी–२० विश्वकपको उत्कृष्ट खेलाडी डेभिड वार्नर, कसले कति रकम पाए ?



Spread the love

एजेन्सी । अष्ट्रेलियाले पहिलोपटक आईसीसी टी–२० विश्वकपको उपाधि हात पार्दा डेभिड वार्नर उत्कृष्ट खेलाडी बनेका छन्। आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई उपाधि दिलाउने क्रममा अर्धशतकीय पाली खेलेका वार्नरलाई विश्वकपकै उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

न्युजिल्याण्डसँगको खेलमा वार्नरले ५३ रनको योगदान दिएका थिए। वार्नरले समग्रमा यो विश्वकपमा सात खेलबाट २८९ रन प्रहार गरेका छन्।

अस्ट्रेलियाले उपाधिसहित १७ लाख ६० हजार डलर पुरस्कार रकम हात पार्दा उपविजेता न्युजिल्यान्डले ९ लाख ६० हजार डलर हात पार्‍यो।

प्रतियोगिताको सेमिफाइनलबाट बाहिरीएको पाकिस्तानले ६ लाख डलर र इंग्ल्यान्डले ५ लाख ६० हजार डलर पाए।

यस्तै सुपर-१२ चरणबाट बाहिर भएका ८ वटा टोलीले समान ७०/७० हजार डलर पाए। यस बाहेक सुपर-१२ चरणमा एउटा जितको लागि हरेक टिमले समान ४०-४० हजार डलर पुरस्कार थप पाए।

यस्तै समूह चरणमा प्रत्येक खेलको जितको लागि टिमहरुले प्रति खेल ४०/४० हजार डलर र बाहिरिँदा ४०/४० हजार डलर पुरस्कार पाएका थिए।

प्रतिक्रिया दिनुहोस्