Logo

टी-२० विश्वकपको मोस्ट भ्यालुएबल टिम अफ दी टुनामेन्ट सार्वजनिक, को बने कप्तान ?



Spread the love

एजेन्सी । अस्ट्रेलियाले आइतबार भएको टी-२० विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराएर उपाधि पोल्टामा पारेको थियो । यसैबीच, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० विश्वकप २०२१ को ‘मोस्ट भ्यालुएबल टिम अफ दी टुनामेन्ट’ सार्वजनिक गरेको छ।

टिममा अस्ट्रेलियाका तीन खेलाडी परेका छन् भने न्युजिल्यान्डका एक खेलाडी मात्र समावेश भएका छन् । इंग्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंकाका दुईदुई खेलाडी टिममा छन्। पाकिस्तानका बबार अजाम कप्तानका रुपमा टिममा परेका छन्।

यता टेस्ट टिमहरू भारत, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र आयरल्यान्डका कुनै खेलाडी टिममा समावेश छैनन्।

प्रतिक्रिया दिनुहोस्