Logo

उद्घाटन कार्यक्रममा प्रचण्ड जाँदा नगरपालिकाले दियो सार्वजनिक बिदा



Spread the love

१ मंसिर, महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त पालिकाअन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटन गर्न जाने भएपछि सार्वजनिक बिदा दिइएको हो ।

मंगलबार नगरप्रमुख अशोककुमार मण्डल र निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले हस्ताक्षर गरेर बिदा सम्बन्धि सुचना जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्